Aamsanchar

कुकुरले खोज्दै झापा कनकाईका अभिषेक चौधरी को हत्यारा

Author Image
बुधवार, असोज २८, २०७७

झापा –  कनकाई नगरपालिका–३  मा २२ वर्षीय अभिषेक चौधरी को हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा फेला परेको  शव हत्या भएको आशंकामा प्रहरीले धरानबाट ल्याएको २ ओटा कुकुर प्रयोग गरेर संलग्नहरुको खोजी सुरु गरिएको हो ।

२  ओटा कुकुरले घटनास्थलबाट पूर्व खोला पारी १ किलोमिटरसम्म टाढा पुगेर एउटा सानो खोल्सासम्म प्रहरीलाई पुर्याएको बताईएको छ । हत्यामा संलग्नहरुले खोल्सामा पुगेर धोइपखाली गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ । आज विहानै घास काट्न जानेहरुले शव देखेका थिए । प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा केहि युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार युवकको शव पोष्टमार्टका लागि धरान पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर