Aamsanchar

आईपीएलमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै , सन्दीपको सम्भावना कती ?

Author Image
बुधवार, असोज २८, २०७७

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) टी–ट्‌वान्टी क्रिकेटअन्तर्गत आज (बुधबार) दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७स्४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । लिगको आठौं खेल खेल्न लाग्दा दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेल्दै दिल्ली १० अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको मुम्बईको पनि समान अंक छ । मुम्बई नेट रनरेटका आधारमा अघि छ । दिल्लीको आजको खेलमा सन्दीप लामिछानेले खेल्ने सम्भावना कम छ । लिगमा दिल्लीले सात खेल खेलिसक्दा पनि सन्दीपले टिममा स्थान बनाउन सकेका छैनन् ।

राजस्थानविरुद्ध स्पिनरहरु हाबी बनाउन चाहेमा दिल्लीले सन्दीपलाई स्थान दिने सम्भावना छ । उसो त टिममा अक्षर पटेल, रविचन्द्र आश्विनजस्ता खेलाडीहरु छन् । त्यस्तैले सन्दीपले अन्तिम ११ मा स्थान बनाउने सम्भावना कम छ । यता राजस्थान पनि आजको खेलमा दिल्लीलाई पराजित गर्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ७ खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । लिगमा आफूलाई बलियो बनाई राख्‍न राजस्थानालाई आजको खेलमा जितको आवश्यकता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर