Aamsanchar

झापा कनकाईका चौधरीको हत्यामा संलग्न सार्वजनिक

Author Image
बिहिवार, असोज २९, २०७७

हत्यामा संलग्न रहेको अभियोग लागेका रविन राजवंशी (टुल्के) ।

बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । आज विहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय रविन राजवंशी (टुल्के) लाई सार्वजनिक गरिएको छ । चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्त टोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो । चौधरीलाई टुल्केले बञ्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् ।

घटना स्थलमा फेला परेको प्रमाणहरु ।

 

मंगलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्यार्एपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बञ्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ । मिलेर खानुपर्छ भन्दै लिन पठाएर ल्याएपछि दिन्न त गर्छस् भनेपछि उनीहरु बिच विवाद भएको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । टल्के हिडेपछि भुँइमा बसेर लागुऔषध बनाइरहेका चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर मारिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ बिर्तामोड प्रहरीले दिनभरमा हत्यामा संलग्नलाई पक्राउ गरेको छ । घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको हो । उनी विरुद्ध कर्तव्य मुद्धा लाग्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर