Aamsanchar

बहराइनका राजकुमार नासिरद्वारा मनास्लुको सफल आरोहण

Author Image
बिहिवार, असोज २९, २०७७

काठमाण्डौ – बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ । ८ हजार १५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो । सेभेटन समिट ट्रेकका अनुसार यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर