Aamsanchar

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई कोरोना

Author Image
बिहिवार, असोज २९, २०७७

ताप्लेजुङ — ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउने जस्ता समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । बिहीबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो । प्रजिअलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ ।

‘अस्ति ज्वरो आउने, खुट्टा झमझमाउने भयो, त्यसपछि कुनै समस्या देखिएको छैन,’ चापागाईंले भने, ‘म मेरो क्वार्टरमै आइसोलेसनमा बसेको छु ।’ प्रजिअको नजिकमा रहेर काम गरेकाहरुको पीसीआर परीक्षण गर्ने प्रशासनले तयारी गरेको छ । चापागाँई केही दिनअघि ओलाङ्चुङगोलामा बीओपी उद्घाटनका लागि गएका थिए । उद्घाटन कार्यक्रममा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइलाई पनि संक्रमण देखिएको छ । मन्त्रीमा संक्रमण देखिएपछि चापागाईं पनि क्वारेन्टाइनमा बसेका थिए । मोरङको उर्लाबारी इलाका प्रशासनबाट ताप्लेजुङको प्रजिअ बनेर आएका चापागाईंले आएलगत्तै पीसीआर परीक्षण गराएका थिए । त्यसको नतिजा भने नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)