Aamsanchar

प्रदेश १ मा ६५४ संक्रमित थपिए

Author Image
बिहिवार, असोज २९, २०७७

विराटनगर ।  प्रदेश १ मा बिहीबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा ६, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २, विराट नर्सिङ होममा १, नोबेल अस्तपालमा १ र होम आइसोलेसनमा धरानका १ जनाको मृत्यु भएको हो । हालसम्म संक्रमणबाट प्रदेश १ मा १२४ जनाको मृत्यु भइसकेको छ ।

मोरङको सुन्दरहरैँचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बूढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको बिर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेश १ मा बिहीबार ३२६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १२, कोभिड–१९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।

प्रदेश १ मा बिहीबार १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ महिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)