Aamsanchar

प्रजापति सामुदायिक वनका अध्यक्ष र सचिव विरुद्ध उपभोक्ता आन्दोलनमा, लगाए कार्यालयमा ताला

Author Image
बिहिवार, असोज २९, २०७७

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ मा रहेको प्रजापति सामुदाकि वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्तहरुले ताला लगाई दिएका छन् ।

समूहको ३५ औं उपभोक्ता भेलामा समितिका अध्यक्ष, सचिव र उपभोक्ता बिच मतभेद् उत्पन्न भएपछि उपभोक्ताहरुले वन कार्यालयमा ताला लगाएर अध्यक्ष र सचिवको कार्यशैली प्रति विरोध जनाएका हुन् ।

भेलाले दिएको प्रस्थावलाई निर्णय गर्दै जानेक्रममा हालको कार्यसमितिले तिन आर्थिक बर्ष पुरा गरिसकेको र विधान अनुसार अब अर्को कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गर्ने प्रस्थाव उपभोक्ताबाट आए पछि तत्काल आफूहरु निर्वाचनको पक्षमा नरहेको भन्दै माईनट बोकेर भेलाबाट अध्यक्ष सूर्यकुमार थापा र सचिव मेनुका श्रेष्ठ सभा छोडेर बाहिरिए पछि उपभोक्ताले आफूहरुलाई अनिर्णको बन्धी बनाईएको भन्दै असुन्सुष्ट बनेका उपभोक्तहरुले वडाध्यक्ष रोशनराज पोखरेल, माईनुट लेखन समिति सदस्यहरु मोहनप्रसाद खतिवडा, रमेश पोखरेलको रोहवरमा घटनाको मुजुल्का उठाएर सम्वन्धित नियकायमा माईनुट लिएर हिडने अध्यक्ष थापा र सचिव  श्रेष्ठलाई कार्वाहीको माग राखेका छन् ।

तपशिलमा उपभोक्ताहरु मुक्ति दाहाल, शुनिलकुमार पाखेरल, कैलाशकुमार पोखरेल, भीम प्रधान, मानबहादुर गिरी, रामकुमार पोखरेल, भवानी ढकाल लगायत २२ जना उपभोक्ताले हस्ताक्षर गरेर वडा कार्यालय, नगरपालिका, जिल्ला बन कार्यालयलाई घटनाको बारेमा जानकारी गराउने निर्णय उपभोक्ता हरुले गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)