Aamsanchar

छोरोसहित आमा मापसे गरेर नदीमा हाम फालिन्

Author Image
शुक्रवार, असोज ३०, २०७७

काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।

इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर