Aamsanchar

दशैँ मान्न घर जाने सैनिकलाई सेनाले आफ्नै सवारी साधन प्रयोग गरेर पुर्‍याइदिने

Author Image
शुक्रवार, असोज ३०, २०७७

काठमाडौं– दशैँ मान्न घर जाने सैनिकलाई नेपाली सेनाले आफ्नै सवारी साधन प्रयोग गरेर पुर्‍याइदिने भएको छ। सेनाले आफ्नै जहाज, हेलिकोप्टर र बस मार्फत जान चाहनेलाई दशैँ मान्न पुर्‍याइदिने भएको हो। ‘कोरोना जोखिमको समय छ। सार्वजनिक सवारीमा घर जाँदा आउँदा समस्या भएकोले आफ्नै सवारी मार्फत घर पुर्‍याई दिन लागेका हौ,’ नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले भने। गाडी जाने ठाउँमा गाडीमै र जहाजको पहुँच भएका क्षेत्रमा जहाज मार्फत तथा उच्च पहाडी क्षेत्रमा भने हेलिकोप्टर मार्फत घर पठाउन लागेको सेनाले जनाएको छ।

बिदामा बस्ने सेनाहरूको विवरण र कुन सवारी मार्फत घर जान मिल्ने भनेर सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले आवश्यक तयारी थालेको सेनाले जनाएको छ। नेपाली सेनासँग एउटा ४१ सिट क्षमताको जहाज छ। त्यस्तै तीन वटा ठूला हेलिकोप्टर तथा तीन वटा साना हेलिकोप्टर छन्। टाढा घर भएका सैनिकले बिदा पाएको खण्डमा सम्बन्धित क्षेत्रको विमानस्थलसम्म जहाजले र त्यहाँबाट घर भएको ठाउँसम्म त्यहाँको नजिकको ब्यारेकले गाडीको व्यवस्था गरेर पुर्‍याउनेछ।

सेनाले बिदा सकेर ब्यारेक फर्कने सेनालाई पनि आफ्नै सवारीमा ल्याउने छ। विदा सकेर फर्केका सेनाले भने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर परीक्षण पछि रिपोर्ट नेगेटिभ रिपोर्ट आएपछि मात्रै काममा खटिन पाउनेछन्। अहिलेसम्म देशभर गरेर तीन हजार २४४ जना नेपाली सेनाका पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ७६७ जना भने कोरोनालाई जितेर काममा फर्किसकेका छन्। कोरोनाका कारण दुई सैनिकको भने मृत्यु भएको छ।

आफ्ना सैनिकलाई कोरोना संक्रमण देखिहाले राख्नका लागि सेनाले हरेक ब्यारेकमा क्वारेन्टाइन र आइसोलेन बनाइसकेको छ। सेनाले आफ्ना लागि भनेर वीरेन्द्र सैनिक अस्पतालमा २० बेडको आइसीयू र ८० बेडको आइसोलेसन बेड तयार पारेको छ। त्यस्तै खरिपाटीमा १२५ बेडको, सैनिक महाविद्यालयमा १०० बेडको र सूर्य विनायक ब्यारेकमा ७० बेडको आइसोलेसन तयार गरेको सेनाले जनाएको छ। कोरोना कारण सेनाले आफ्नो नियमित तालिम पनि स्थगित गरेको छ। भीडभाडमा कोरोनाको जोखिम हुने भन्दै सेनाले तालीम रोकेका हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर