Aamsanchar

झापामा कोरोनाको कारण थप एकजानको मृत्यु, मृतकको संख्या १३ पुग्यो

Author Image
शुक्रवार, असोज ३०, २०७७

कनकाई ।  झापामा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।

कोरोना भाइरसको लक्षण देखिएपछि गत परीक्षणका क्रममा गत २७ गते मृतकमा कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । “सास फेर्न गाह्रो भएपछि बीएण्डसीमा उपचारका लागि राखिएको थियो”, उहाँले भन्नुभयोे, “उपचारकै क्रममा हिजो राति निधन भएको हो ।” योसँगै झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यता, झापामा आज ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ वटा स्थानीय तहका ८ महिला २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले जानकारी दिनुभयो ।

भद्रपुरमा ७, बिर्तामोडमा ९, अर्जुनधारामा ३, कनकाई, कमल र शिवसताक्षीमा १–१, दमकमा ४, बुद्धशान्ति र गौरादहमा २–२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार २५० पुगेको छ भने निको हुनेको संख्या ९१६ जना रहेको छ । जिल्लामा ३२१ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म २८ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर