Aamsanchar

महिला सासंदहरुको माग प्रति असहमती जनाउदै युवतीहरु द्वारा बिर्तामोडमा बिरोध प्रर्दशन

Author Image
शनिवार, कार्तिक १, २०७७

बिर्तामोड । महिला अधिकारकर्मी र सांसदहरुले बलत्कारीलाई मृत्यु दंण्ड दिनु पर्ने माग उठाई रहेको अवस्थामा बिर्तामोडमा युवतीहरको एक समूहले मृत्यु दंण्डको विरुद्धमा आवाज उठाएका छन् । उनिहरुले मृत्यु दंण्ड होईन आजिवन कारबासको व्यवस्था हुनु पर्ने माग राखेका छन् ।

बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै आज बिर्तामोडमा युवतीहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् । मुक्तिचोकमा भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित भएका थिए । उनीहरुले ‘अब कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए ।

बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने अभियानकर्मी प्रकृति न्यौपानेले बताइन् । ‘मृत्युदण्ड समाधान होइन’, उनले भनिन्, ‘बलात्कारीलाई आजीवन काराबास हुनु पर्छ ।’ मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कार नरोकिएको उनले बताइन् ।

प्रदर्शनमा महिलाहरुले सबै पुरुष बलात्कारी होइनन् भन्दै जो हुन् उनीहरुलाई छोड्न नहुने बताए । समाजबादी सरकार कहाँ छ ? भन्दै महिलाहरुले प्रश्न पनि गरे ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर