Aamsanchar

यी पुरुषले गरे सर्पसँग बिहे

Author Image
शनिवार, कार्तिक १, २०७७

यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले आफूले सोही सर्पसँग बिहे गरेको जिकिर उनको छ । पाँच वर्षअघि ती युवकी प्रेमिकाको मृत्यु भएको थियो ।

त्यसपछि विक्षिप्त बनेका ती युवकले अन्ततः एउटा १० फिट लामो विषालु गोमन सर्पसँग बिहे गरे । त्यसपछि उनले उक्त गोमन सर्पलाई आफ्नो पत्नीजस्तै गरेर स्याहार गरेका छन् । उनी सर्पसँगै सुत्दछन्, सँगै खाना खान्छन् र रोमान्स पनि गर्दछन् । सर्पसँगै बसेर टिभी हेर्नेदेखि पिकनिक सम्म जाने गर्दछन् उनी । मृत्युपछि आफ्नी प्रेमिका गोमन सापको रुपमा जन्म लिएर आफ्नो पत्नी बन्न आएको दाबी उनको छ । गोमन सर्पलाई निकै रिसाहा तथा विषालु सर्प मानिन्छ । तर अनौठो त के भने ती युवकलाई अहिलेसम्म त्यो सर्पले कुनै आक्रमण गरेको छैन ।                                                                                                                                                                  एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर