Aamsanchar

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेलहरु हुँदै

Author Image
शनिवार, कार्तिक १, २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज विभिन्न चार खेलहरु हुँदैछन् । आज हुने खेलमा बार्सिलोनाले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । गेटाफेको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछ । लिगमा तीन खेल खेलेको बार्सिलोनाले यसअघिका दुई खेलमा जित निकालेको छ । भने एक खेलमा पराजित हुन पुगेको छ । यस्तै गेटाफे पनि बार्सिलोनालाई घरेलु मैदानमा पराजित गर्दै लिगमा आफ्नो तेस्रो जित निकाल्ने योजनामा छ । लिगमा चार खेल खेलेको गेटाफे एक खेलमा पराजित छ भने एक खेल बराबरी तथा दुई खेलमा जित निकाल्न सफल भएको छ । त्यस्तै आज नै हुने अर्को खेलमा साविकको विजेता टोली रियल मड्रिडले काडिचसँग प्रतिस्पर्धा गर्दैछ ।

रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ मा सुरु हुनेछ । आजको खेमला जित निकाल्दै रियल आफूलाई शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । यो सिजन मात्र शीर्ष डिभिजनमा उक्लेको काडिज आफूलाई अंक तालिकामा बलियो बनाउनेका लागि जित्नै पर्ने दबाबमा छ । शनिबार नै हुने पहिलो खेलमा ग्रानाडाले सेभियासँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै सेल्टा भिगोले एट्लेटिको मड्रिडलाई आतित्यथा प्रदान गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर