Aamsanchar

दशैँमा माछामासु र मिठाईजन्य वस्तुको उपभोग कम गर्न सुझाब, के खाने ?

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

काठमाण्डौ – कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डाक्टर मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैँको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा.ठकुराठीले बताउनुभयो । खासगरी दशैँमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ ।

कोभिड–१९ सङ्क्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैँको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ । मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गर्नुभयो । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उहाँको भनाइ छ ।

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभइ रोगव्याधीसमेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा। ठकुराठीले बताउनुभयो । मोटोपन बढ्दा ब्लड प्रेसरमा उतार चढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनीको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दशैँका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिक रुपमा गर्न पनि उहाँको सुझाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर