Aamsanchar

आईपीएल टी–ट्‌वान्टी क्रिकेटमा आज कोलकाता र बैंगलोर प्रतिस्पर्धा गर्दै

Author Image
बुधवार, कार्तिक ५, २०७७

एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्‌वान्टी क्रिकेटमा आज(बुधबार) कोलकाता नाइट राइडर्स लिगको दशौं खेल खेल्दै छ । आज हुने खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरसंग प्रतिस्पर्धा गर्दै छ । अबुधाबीमा कोलकाता र बैंगलोरबीचको खेल नेपाली समयअनुसार बेलुका ७–४५ बजे सुरु हुनेछ । सेख जायद क्रिकेट स्टेडियममा कोलकाता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ । यता कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ । बैंगलोर सातौं जितको खोजीमा छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा छ । कोलकातालाई हराएर बैंगलोर शीर्ष टोलीसँग अंक बराबरी गर्न चाहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर