Aamsanchar

नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलको मिति तय

Author Image
बुधवार, कार्तिक ५, २०७७

नेपाली राष्ट्रिय फुटबल टिमले खेल्ने मैत्रीपूर्ण खेलका लागि मिति तय भएको छ । कोरोना भाइरसको महामारी पछि नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न थालेको हो । बंगलादेश फुटबल महासंघ ९बीएफएफ० सँग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको हो। नेपाल बंगालदेशसँग नेपाली मितिअनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।

दुवै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाइएको छ । नेपाल सरकारले अनुमतिसँगै बीएफएफले आवश्यक तयारी सुरु गरेको थियो । नेपालले अब मैत्रीपूर्ण खेलका लागि तयारी थाल्नेछ । पछिल्लो समय राखेप पनि राष्ट्रिय टोलीको तयारीका लागि स्वीकृत गरेको थियो । नेपालले मैत्रीपूर्ण खेलका लागि दसैँपछि तयारी गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर