Aamsanchar

गत २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि

Author Image
बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ।

यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ ।
यस्तै कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर