Aamsanchar

कोरोनाका गम्भीर बिरामीले विपी प्रतिष्ठानमा दैनिक १५ हजार तिरे मात्रै उपचार पाउने

Author Image
बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमितको उपचार गर्दा रकम धरौटी राख्नु पर्ने भएको छ।प्रतिष्ठानले सूचना निकाल्दै अस्पतालमा भर्ना हुने कुनै लक्षण नभएका बिरामीले ७ हजार, हल्का लक्षण भएकाले १२ हजार, मध्यम लक्षण भएकाले ३५ हजार र गम्भीर बिरामीका लागि ६० हजार धरौटी राख्नु पर्ने भएको हो।

त्यस्तै अस्पतालले प्रतिदिन उपचारमा लाग्ने खर्च पनि सार्वजनिक गरेको छ। अस्पतालको सूचना अनुसार लक्षण नभएका बिरामीले २ हजार तिर्नुपर्ने छ। हल्का बिरामीका लागि ३५ सय मध्यम बिरामीका लागि ७ हजार ५ सय र गम्भीर बिरामीले १५ हजार दैनिक तिर्नुपर्ने छ। यो नियम भने असोज ९ गते आइतबारदेखि लागू हुने अस्पतालले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर