Aamsanchar

मुलुकभर काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार नाघ्याे, आज ३ हजार ११४ सङ्क्रमित थपिए

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण भएको हो ।

त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ ।

अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर