Aamsanchar

भारीमात्रामा पटका नियन्त्रणमा

Author Image
बुधवार, कार्तिक १९, २०७७

काँकरभिट्टा । पूर्वी नाकाको सीमाक्षेत्रमा आवतजावतमा कडाई गरेपनि बैकल्पिकमार्ग प्रयोग गरी अवैधरुपमा वारुदजन्य वस्तुहरु भित्रिने गरेको रहस्य खुलेको छ ।

इलाका प्रहरी कार्यालय धुलवारीले भारीमात्रमा यस्ता वस्तुसहित एउटा सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो । प्रहरीका अनुसार मंगलवार साँझ शंका लागी मे १ ह ५५२७ नम्बरको टेम्पो चेकजाँच गर्ने क्रममा करीव ७ लाख रुपैयाँ मुल्य बराबरको १३ बोरा पटका पक्राउ गरेको थियो । समाचार स्रोतका अनुसार टेम्पोसहित चालक विश्वनाथ प्रधान र मेचीनगर ५ का प्रशन्नजित दर्जीलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले नजिकिँदै गरेको दिपावली छठलगायतका चाडपर्वमा बारुदजन्य वस्तुको आयात शुन्यमा झार्न कडाइ गरे पछि प्रहरीको आँखा छलेर यसमा संलग्नहरुले अन्य बाटो प्रयोग गरी यस्ता वस्तु ल्याउने गरेको प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको पटका, टेम्पो तथा दुवै व्यक्तिलाई हाल इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ । पटका आवश्यक प्रक्रिया पुरा गरी जिल्ला प्रहरी कार्यालय झापामा पठाउने तथा सवारी साधनसहित व्यक्तिहरुलाई आवश्यक सोधपुछकालागि इलाका प्रहरी कार्यालय धुलावारीमा रखिएको कार्यालयले जनाएको छ ।

यसैगरी, अवैधरुपमा नेपालतर्फ ल्याउदैं गरेको ७ लाख २१ हजार ७ सय रुपैयाँका लत्ताकपडा समेत प्रहरीले नियन्त्रणमा लिएको छ । कुर्थी, तन्ना, ढाका कपडा, थान कपडासहितका लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको हो । आवश्यक प्रक्रियाका लागि पक्राउ गरीएका ती लत्ताकपडा मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर