Aamsanchar

नेपालमा विदेशी पर्यटकहरु आउन थाले

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

फायल फोटो

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।

बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर ९कात्तिक०मा मात्रै एक हजार ८७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दी सुरु गरिएको चैत ९अप्रिल०यता सबैभन्दा धेरै पर्यटक यो भित्रिएको यो नै पहिलोपटक हो ।

अक्टोबरअघि अप्रिलमा १३, मेमा ३०, जुनमा एक सय, जुलाईमा १९५, अगस्टमा २६८ र सेप्टेम्बरमा ५८२ जना पर्यटक भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि एकै महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन् ।

बन्दाबन्दी बीचमै पनि विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहे पनि उक्त सङ्ख्या खासगरी नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायमा कर्मचारी मात्र रहेको बोर्डले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर