Aamsanchar

झापामा सुपरमेन जीपलाईन संचालन

Author Image
बुधवार, कार्तिक २६, २०७७

बिर्तामोड ।  झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ स्थित वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘सुपरमेन जीपलाइन’ अर्थात डोरीमा झुन्डिएर खेलिने खेल संचालनको तयारी पुरा गरेको छ ।
यो बन्जी जस्तै साहसिक खेल हो । प्याराग्लाइडिङ पछिको यो साहसिक खेल मानिन्छ । जिपलाइन सुरुमा डर लागेपनि पछि मज्जा आउने गरेको परिक्षण मा सहभागी भएकाले वताए ।

वाटर किङडम पार्कमा तीन प्रकारका साहसिक खेल ‘जीपलाइन’ रहेका छन् । कम्पनीका मालिक राजकुमार संग्रौलाका अनुसार एकजना मात्र खेल्न मिल्ने गरि क्लासिक ‘जीप लाइन’ , दुई जना एकै पटक खेल्न मिल्ने कप्पल ‘जीपलाइन’ र सुतेर अनि हात फिजाएर खेल्ने सुपरम्यान गरि तीन प्रकारको साहसिक खेल संचालनमा ल्याउने तयारी छ । आन्तरीक तथा वाहिय पर्यटकहरुको आफ्नै रोजाई र इच्छा का आधारमा ‘जीपलाइन’ को मज्जा लिन सकिने गरि निर्माण भएको संचालक संग्रौलाले बताए ।

पार्कमा १ सय ३५ मिटरको लामो जिपलाईन का लागि तार झुण्डयाइएको छ । जमिनको सतहदेखी ५८ मिटरको उचाईबाट करिव ३८ सेकेण्डमा एउटा टेक अप एरिया देखि ल्यान्डिङ एरिया सम्म पुग्न सकिन्छ । जिपलाइनका प्राविधिक नविनका अनुसार झिलझिलेमा निर्माण भएको जीपलाइनले ८ हजार किलोग्राम सम्मको वजन सहजै थाम्न सक्छ । फ्रान्स र ईटालीमा निर्माण भएका जीपलाईनका उपकरणहरु पार्क भित्र फिटगरिएको छ । प्राविधिक नविनले भने ‘खतरा हुने चान्स १ प्रतिशत पनि रहन्न ।’

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 563

प्रतिक्रिया (०)

सम्बन्धित खबर