Aamsanchar

जाडोयाममा मूला खानुका यस्ता छन् फाईदा :

Author Image
शनिवार, कार्तिक २९, २०७७

जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि चिन्दछन् । तर धेरै कमलाई यसको फाइदाबारे ज्ञान छ । जाडोयाममा मूला खाँदा शरीरलाई कुन–कुन रोगबाट टाढा राख्न सकिन्छ भन्ने बारे जानकारी लिऔं ।

रोग प्रतिरोधी क्षमता विकास गर्छः
मूलामा उच्च मात्रामा भिटामिन सी पाइन्छ जसले चिसो मौसममा हुने कफ वा रुघा–खोकीबाट जोगाउँछ । मूलाले शरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउने काम गर्छ । मूलाले शरीरलाई सिन्निन र जलन कम महसुस गराउन सहयोग गर्छ ।

रक्तचाप नियन्त्रणः

मूलाले शरीरलाई पोटाशियम प्रदान गर्छ जसका कारण रक्तचाप नियन्त्रणमा हुन्छ । यदि तपाईंलाई हाइपरटेन्सनको समस्या छ भने आफ्नो डाइटमा मूलालाई नछुटाइकनै समावेश गर्नुहोस् । आयुर्वेदका अनुसार मूलाले रगतमा शीतल प्रभाव पार्छ ।

मुटुरोगबाट जोगाउँछः

मूला एन्थोसायनिनको राम्रो स्रोत मानिन्छ, यसले हाम्रो मुटुलाई सह ढङ्गले काम गर्न मद्दत गर्छ । दैनिक मूला खाँदा हृदय रोगको खतरा कम हुन्छ । मूलामा फोलिक एसिड र फ्लेवोनोयड्स पनि राम्रो मात्रामा पाइन्छ । मूलाले रगतमा अक्सिजनको आपूर्ति पनि बढाउँछ ।

फाइबरको राम्रो मात्राः

मूलामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जो मानिसहरु हरेक दिन सलादको रुपमा मूला खान्छन् उनीहरुको शरीरमा कहिले पनि फाइबरको कमी हुँदैन । फाइबरका कारण पाचन तन्त्र सही ढङ्गले काम गर्छ । यसका साथै मूलाले कलेजो र पित्त थैलीलाई पनि सुरक्षित राख्छ ।

रक्त वाहिकालाई बलियो बनाउँछः

मूलामा राम्रै मात्रामा कोलेजन पाइन्छ जसले हाम्रो रक्त वाहिकालाई बलियो बनाउँछ । यसका कारण एथेरोस्क्लेरोसिसजस्ता गम्भीर रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

मूलाले मेटाबोलिजम बढाउँछः

मूला पाचन क्रियाका लागि मात्रै नभई यसले एसिडिटी, मोटोपना, ग्यास्ट्रिकको समस्यालाई पनि ठिक गर्न मद्दत गर्छ ।

छालाका लागि राम्रोः

यदि तपाईंलाई चम्किलो छाला चाहिएको छ भने हरेक दिन मूलाको जुस पिउनुहोस् । यसमा भिटामिन सी र फस्फोरस हुन्छ । यसबाहेक यसले रुखो छाला र डण्डिफोरबाट पनि छुटकारा दिलाउन सक्छु । मूलाको रसलाई कपालमा लगाउँदा चायाँको समस्या रहँदैन र कपालको जरा बलियो हुन्छ ।

पोषक तत्वले भरपुरः

रातो मूलामा भिटामिन इ, ए, सी, बी सिक्स र केले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट, फायबरलगायत पोटोशियम, फस्फोरस, म्याग्नेसियम, क्याल्सियम, आइरन र म्यागनिज राम्रो मात्रामा पाइन्छ । यी सबै पोषक तत्वले हाम्रो शरीरलाई स्वस्थवद्र्धक बनाउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर