Aamsanchar

चिसोबाट बच्न सहयोग गर्ने केही फलफूलहरु

Author Image
मङ्गलवार, मंसिर २, २०७७

जाडो समयमा शरीरको हड्डी दुख्ने , रुघाखोकी लाग्ने,चिसोले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असरले बाथ मुटु मा समस्या देखापर्ने हुदा विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । चिसोबाट बच्नका लागि शरीरलाई प्रोटिन तथा विभिन्न खालका भिटामिनहरूको आवश्यक पर्छ। केही त्यस्ता खानेकुरा र फलफूल छन्, जसलाई नियमित खाने गर्नाले चिसोबाट बच्न सकिन्छ।

फलफूलमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट हुने भएकाले चिसो मौसममा केही फलफूलले चिसोबाट बच्न सहयोग गर्छन्। सुन्तला, अमला तथा अनार सुन्तला, अमला तथा अनार जस्ता फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ,यी फलफूलले रगत सफा गर्नुका साथै टन्सिल जस्ता समस्याबाट जोगाउँछन्।

दूध तथा अण्डामा प्रचुर मात्रामा क्याल्सियम र प्रशस्त मात्रामा प्रोटिन हुने हुँदा हड्डी बलियो बनाउन सहयोग गर्छ। प्रोटिनले शरीरमा तापक्रम बढाउनुका साथै चिसो मौसममा शरीरलाई चिसोबाट बच्न सहयोग गर्छ।

जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ । यसमा पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्छ। शरीरमा विभिन्न खालका भिटामिन तथा आइरनहरूको परिपूर्ति हुने हुँदा यस्ता सागसब्जीले छालालाई खस्रो हुनबाट जोगाउँछ।

यस्तै तातो सुपहरू ,तातो पानी ,मरिच हालेको कालोचिया,गहतको झोल, ज्वानोको झोल खादा पनि चिसोबाट बच्न सकिन्छ ।

लसुन तथा अदुवाको शेवनले पनि चिसो भगाउन सकिन्छ । साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ ।

जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ ।यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउदछ ।जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर