Aamsanchar

सुनशान छ बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्र

Author Image
मङ्गलवार, मंसिर २, २०७७

काँकरभिट्टा ।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको छ ।

अघिल्ला वर्षहरुमा निक्कै भीडभाड देखिने झापाको मेचीनगर— ११ मा अवस्थित बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्र यतिखेर निक्कै सुनसान झै छ । बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्र तथा विभिन्न जीवजन्तुको अवलोकन समेत गर्न सकिने यस क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको मौसममा वनभोजका लागि आफ्नो छुट्टै पहिचान बनाएको छ । उक्त सिमसारलाई संघीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा समेत समेटेको छ । यो क्षेत्रमा विशेष गरी ‘पिकनिक स्पट’ र विभिन्न जीवजन्तुको अवलोकन गर्न सकिने बताईको छ ।

नगरको प्रमुख व्यपारिक केन्द्रविन्दु मेचीनगर— १० धुलावारीको ढाटदेखि उत्तरतर्फ कच्ची र पक्की सडक प्रयोग गर्दै करिब दुइ किलोमिटरको यात्रा पुरा गरेपछि पुगिने बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रले यतिखेर नोवल कोरोना भाइरस कोभिड १९ को असर व्यहोरिरहेको बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्रका अध्यक्ष तकदिर प्रसाई बताउनुहुन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको यो क्षेत्र कोभिड–१९ सक्रमणको त्रासका कारण दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि अहिले सुनसान झै बनेको अध्यक्ष प्रसाईको भनाई छ ।

५ हेक्टर जमीनमा फैलिएको यो क्षेत्रभित्र १ विगाह क्षेत्रमा ठूल्ठूला पोखरी बनाएको छ । सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्ने बनाइएको छ । पोखरीमा ट्रस्ट ब्रिज राखिएको छ । फाउण्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेनले आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आर्कषण गर्ने गर्दछन् ।

१२ महिनै यसक्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक आउने भएपनि विशेषगरी वर्षको चारमहिना मंसिर, पुस, माघ फागुनमा पर्यटकको अत्यधिक भीडभाड हुने गदैछ । गएको नयाँ वर्षमा त्यसक्षेत्रमा घुम्न आउनेहरुबाट केन्द्रले ९५ हजार रुपैयाँ रकम संकलन गरेको थियो । हरेक वर्षको बैशाख १ गतै नयाँ वर्षका अवसरमा यसक्षेत्रमा आउने मानिसको भीड थामीनसक्नुको हुन्थयो तर, यसवर्षको नयाँ वर्षमा मानिसको उपस्थिती शुन्य झै रहेको केन्द्रले जनाएको छ ।

वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ । सिमसारमा एकैपटक एक सय पिकनिक टोली अटाउन सकिने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनासोरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ । हरिण, दुम्सी, बादर, अट्रिज, पाइथन, इमुलगायतका जीवजन्तुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्रको पहलमा नेपाल सरकारले झण्डै डेढदेखि दुई करोड रुपैयाँ लगानी गरेको छ ।

वन समितिका उपभोक्ता, मेचीनगर नगरपालिका, पर्यटन मन्त्रालय, साविक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको हो । सहज अवस्था हुदा उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य गरी मासिक १० हजार पर्यटक आउने गरेका थिए । तर कोभिड १९ को संक्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसान झै बनेको छ । अहिले स्थानीयहरु फाट्ट फूट्टु आउने गरेका गरेका छन् । जस्ले आफ्नो खर्च समेत धान्न नसक्ने अवस्था छ ।

सिमसार घुम्नका लागि ३० रुपैयाँ प्रवेश शुल्क बुझउनु पर्छ । त्यसक्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरी नजीकै चारवटा सुविधा सम्पन्न होटल रेष्टुरेन्ट खुलेका छन् । तर, कोभिड १९ का कारण पर्यटकको उपस्थिति न्यून हुदैं जानथाले पनि एउटा बन्द हुने अवस्था पुगेको छ ।

कोभिडको प्रभावले नेपालको पर्यटन क्षेत्रमा के कस्तो असर प¥यो र कति संख्यामा रोजगारी गुम्यो भनेर आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न सरकारले गृहकार्य थाल्नु पर्दछ । सरोकारवाला व्यवसायीले पर्यटन क्षेत्रमा भएको असरबारे विभिन्न धारणा ल्याइरहेका बेला कोभिडका कारण थला परेका यस्ता पर्यटकीय क्षेत्र तथा व्यवसायीहरुलाई राहतको प्याकेजतर्फ पनि सम्बन्धित पक्षले विचार पुर्याउनु पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर