Aamsanchar

सरकारबाट पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय

Author Image
बुधवार, मंसिर ३, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रहने उपाय अपनाएर खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकल पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर