Aamsanchar

पूर्व पस्चिम यात्राको लागि वैकल्पिक मार्ग चतरा कोशी पुल

Author Image
बिहिवार, मंसिर ११, २०७७

चतरा । पूर्वी नेपाल जोड्ने वैकल्पिक मार्गको रुपमा लिइएको कोशी–चतरा पुल पर्यटकहरुको आर्कषर्णको केन्द्र बनेको छ । त्यहाँ पुग्ने अधिकांशले फेल्फी फोटो खिच्ने चलननै चलेको छ ।

२०६५ साल भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको खोजी गर्दै यो मार्ग निर्माण तय भए पछि कोशी नदीमा पुल निर्माण भएको थियो । पाइलिङ् डिजाइनको नेपालकै ठूलो मानिएको यो पुल ७९ करोड १४ लाख लागतमा निर्माण सम्पन्न भएको हो । उदयपुरको वेलका र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ ।

पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन् । ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको यो निर्माणका लागि एडिबीको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । पुल नबन्दा उदयपुर सुनसरी वारिपारी गर्न काठको डुङ्गा (नाउ) द्वारा जोखिमपूर्ण यात्रा गर्नु पर्थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर