Aamsanchar

गएको २४ घण्टामा २३ जनाको ज्यान गयो, एक हजार सात सय तीन जनालाई सङ्क्रमण पुष्टि

Author Image
शुक्रवार, मंसिर १२, २०७७

काठमाण्डौ –गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाकाे नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ । यस्तै नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् । यस्तै ६ सय एक जना क्वरेण्टीनमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर