Aamsanchar

मोरङको लेटाङमा कोरोना संक्रमणबाट दाजुभाइको २४ घण्टा नबित्दै मृत्यु

Author Image
शुक्रवार, मंसिर १२, २०७७

विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको हो ।

उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि मृत्यु भएको अस्तालले जनाएको छ । शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट मृत्यु हुनेको सख्या १ सय ९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर