Aamsanchar

सिद्धार्थ ग्रुपको उपस्थिती बिर्तामोडमा पनि, तीन तारे स्तरीय होटल संचालनमा

Author Image
शनिवार, मंसिर १३, २०७७

बिर्तामोड स्थित सिद्धार्थ होटलको मुख्य भवन ।

बिर्तामोड । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भटटराईले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा संचालनमा ल्याएको शिद्धार्थ ग्राउन्ड सिटी होटेलले पूर्वी नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान पुराउने बताउनु भएको छ ।

शिद्धार्थ ग्रान्ड सिटी होटलको प्रमुख अतिथि बनेर उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा बिस्तार गर्दै पुर्बी नेपाल आएकोमा खुशी व्यक्त गर्नु भयो ।

रिवन काटेर उद्घाटन गर्नुहुदै मन्त्री भट्टराई ।

देशैभर होटल रेष्टुरेन्ट र रिसोटहरु संचालन गर्दै सिद्धार्थ ग्रुपले पुर्बी नेपालका प्रमुख पर्यटकीय गन्तब्य पाथीभरा, कन्चन्जंगा देखि इलामको मनमोहक चिया बगान क्षेत्रमा गुणस्तरिय हस्पिटालिटी सेवा पुराउनु पर्ने बताउनु भयो ।
सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटी सँग व्यावसायीक साझेदारी गरी सेवा बिस्तार गरेको हो ।

बिर्तामोडको भद्रपुर रोड लाईनमा संचालनमा आएको तीन तारे स्तरीय होटल ग्रान्डसिटीमा ५१ वटा सुबिधा सम्पन्न कोठाहरु , स्वीमिङ पुल , खुल्ला बगैचा , सेमिनार हल, हेल्थ क्लब र रुफ टप सहित ५ वटा रेटुरेन्ट रहेका छन ।
बिर्तामोडमा तीन तारे स्तरीय होटल संचालन गरेर सिद्धार्थ ग्रुपले पुर्बि नेपालका प्रशिद्ध पर्यटकिय गन्तब्य साथै भारतको पश्चिम बंगालका पर्यटकहरुलाई आकर्षित गर्ने तयारी गरिरहेको छ ।

पूर्वको पर्यटन विकासको विषयमा आफ्नो धारणा राख्दै मन्त्री भट्टराई ।

सिद्धार्थ ग्रुपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरहरुमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ, जस्मा २४ सै घण्टा सेवा दिने बताईएको छ ।
सिद्धार्थ ग्रुपले नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने पर्यटकलाई पूर्वी नेपालको भ्रमण गराइ पुर्बी नेपालको मनमोहक पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार देश भरी फैलाउने लक्ष्य राखेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने बताए ।
ग्रुपले नेपालगन्जमा चारतारे होटल सहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुर लगायतका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषी, आइटी कम्पनी लगायतका बिभिन्न २८ वटा कम्पनी सन्चालन गर्दै आएको छ ।

होटलमा लगानी गर्नुको औचित्य सहित स्वागत मन्तव्य राख्नु हुदै संचालक सदस्य होम पाण्डे ।

देविप्रसाद मैनालीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भट्टराई सहित संघिय सांसद गाणेश पहाडी, प्रदेश १ का सांसद एकराज कार्की, बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, व्यवसायी मिनप्रकाश मैनाली, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा होटल संचालक सदस्य होम पाण्डेले स्वागत गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर