Aamsanchar

इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण

Author Image
शनिवार, मंसिर २०, २०७७

इटहरी । इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ ।

इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भटटराई,हेमकर्ण पौडेल,रोहित प्रसाँई,हेम घिमिरे,भीम पौडेल,धु्रव सुब्बा,मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ ।

श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाईएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा,लिलम वस्नेत हुनुहुन्छ ।

हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)