Aamsanchar

संसारमा सबैभन्दा सस्तोमा घर पाँइने गाउँ

Author Image
मङ्गलवार, मंसिर २३, २०७७

एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि कास्ट्रोपेग्नानो नै भएको छ । इटलीको मोलिजको मध्यक्षेत्रमा पर्ने यो गाउँको एउटा घरको मूल्य प्रशासनले १ युरो तोेकेको छ । यो योजना स्थानीय प्रशासनले सुरु गरिसकेको छ ।

कास्ट्रोपिनो सस्तो घर दिने विश्वको पहिलो गाउँ बनेको छ । सन् १९३० को खशकमा यो गाउँमा २५ सय मानिसहरुको बसोबासो रहेको थियो । दोश्रो विश्वयुद्धको क्रममा धेरै मानिसहरु यहाँबाट बसाइँ सरेका थिए । त्यस्तै सन् १९६० पछि धेरै युवा युवतीहरुले रोजगारी र अन्य अवसरहरुका लागि गाउँ छोडे । अहिले सो गाउँमा ६० प्रतिशत मानिसहरु ७० वर्षभन्दा माथिका रहेका छन् । अहिले स्थानीय प्रशासन उक्त गाउँलाई पुनःस्र्थापित गर्ने अभियानमा लागेको छ । त्यसकारण पनि निकै सस्तोमा घरहरु किनबेच भैरहेको छ । यसभन्दा पहिले स्थानीय प्रशासनले घरमुलीहरुलाई सूचना पठाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 489

प्रतिक्रिया (०)

सम्बन्धित खबर