Aamsanchar

२ इन्च लम्बाई र १० ग्राम तौलको संसारकै सबैभन्दा सानो बाँदर

Author Image
बुधवार, मंसिर २४, २०७७

एजेन्सी – इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ । जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० ग्राम मात्र रहेको चिडियाघर प्रशासनले जनाएको छ ।

बाँदरको हेरचाह गर्ने हाबी वेबका अनुसार दुई वटा बाँदर नै कपालको डल्लो जस्तो मात्र छन् । उक्त बाँदरहरु भाले वा पोथी अहिलेसम्म छुट्टिएको छैन । यी बाँदर जन्म दिने बाँदरको नाम जो र बाल्ड्रिक हो । मादाको उमेर ३ वर्ष र बाल्ड्रिकको ४ वर्ष रहेको छ । हाबीका अनुसार माउ बाँदरले बच्चा जन्मिएको दुई दिनमा नै पिठ्युँमा राखेर घुमाउन सुरु गरेको छ ।

चेस्टर चिडियाघरको डिप्टी क्युरेटर डा. निक डेविसले यो प्रजातिको बाँदर सानो हुने बताएका छन् । यो बाँदर माउलाई आर्कषित गर्न ठूलो आवाज निकालेर चिच्याउँछन् । यो बाँदरको प्रजाति पश्चिमी ब्राजिल, पेरु, इक्वाडोर र कोलम्बियाका साथ साथै साउथ अमेरिकाको जंगलमा पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर