Aamsanchar

नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलमा रुपान्तरण गर्ने काम अघि बढयो

Author Image
बुधवार, मंसिर २४, २०७७

प्रस्थावित योजनाको नमुना ।

चितवन । चितवनको नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलको रुपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो । महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले प्रारम्भिक चरणको कामका लागि आज ९बुधबार० टेण्डर आब्हान गरेको छ । डेढ बर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आब्हान गरिएको विभागका इन्जीनियर सचिन्द्र यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘२४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा हुनेछ ।’

भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । ग्रिट कन्सल्टले निर्माण गरेको गुरुयोजना महानगरपालिकाबाट स्वीकृत भइसकेको महानगरपालिकाकी इन्जिनियर अस्मिता खनालले बताउनुभयो । गुरुयोजनामा तटबन्धन सहितका योजनाहरु समावेश गरिएको छ ।

प्रस्थावित योजनाको नमुना ।

महानगरपालिकाले पनि आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर काम अघि बढाएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणीलाई आकर्षक पर्यटकिय स्थलको रुपमा विकास गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘महानगरपालिकामा निर्वाचित भएर आएपश्चात नै यो योजनालाई सफल बनाउनुपर्छ भन्ने लागेको थियो, अव निर्माणको चरणमा प्रवेश गरेका छौं ।’ गुरुयोजना अनुसार काम सम्पन्न भएपछि भरतपुरमा लाखौ पर्यटकहरु भित्रने उहाँले बताउनुभयो । उहाँले समयमै गुणस्तरिय काम गर्नका लागि महानगरपालिकाको तर्फबाट निरन्तर अनुगमन गरिने बताउनुभयो । गतबर्ष महानगरपालिकाले करिब १ करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । नारायणी नदी किनारमा घुम्न जानेहरुको दैनिक घुँइचो लाग्ने गर्छ ।  साभार : नारायणी अनलाइन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर