Aamsanchar

‘म मेरो जन्मदिनमा चकलेट हैन अक्सिजन बाँड्छु’

Author Image
मङ्गलवार, पौष ७, २०७७

जन्म दिन सबैको लागि एक महान अवसर हो । आयु जीवनले धानेको, बोकेको, बिताएको समय हो । समय, जीवनलाई नाप्ने गणितीय औजार वा माध्यम हो । वर्षहरू खुड्किला हुन्, मान्छे चढ्दै जान्छ, उक्लिँदै जान्छ, अनेक आयाम र उपलब्धिमा विस्तारित हुँदै जान्छ । सँग सँगै निख्रँदै, घट्दै, छोटिँदै, खिइँदै जान्छ उमेरसँगै । आयु लामो वा छोटो, जति पनि हुन सक्छ । जीवनमा वर्षहरू थपिँदै जान्छन्, जीवन रसिलो, भरिलो, तेजिलो, सुकिलो हुँदै पनि जान्छ । फेरि उमेरको मध्याह्नपछि यो विरसिलो, खुकुलो, मधुरो र धमिलो पनि बन्दै जान्छ । यो जीवन जस्तो भए पनि भोग्नुपर्छ । तर बाध्यता हुनुहुँदैन जीवन, जीवन त रहर हुनुपर्छ । रहरैरहरमा फुल्नुपर्छ र फुलिरहनुपर्छ, ओइलाउनु हुँदैन जीवन । अनि जीवनको जन्मोत्सव हरेक वर्ष मनाउनुपर्छ । जन्मोत्सव नमनाउनेले जीवनलाई बिर्सेका हुन्छन् । आफ्नै जीवन नै बिर्सेर पनि के गरी बाँच्नु ।मान्छे आफ्नो जीवनकाल भरिमा एक पल्ट जन्मिन्छ अनि बर्षमा एक पल्ट जन्म दिन आउ छ , त्यो बर्षमा एक पल्ट आएको जन्म दिन हर्षउलास साथ मनाउनु पर्छ । तर हाल देश भरिमा विशेष गरि हामी यूवा पिडि पश्चिममा मुलुक का संस्कार र सभ्यता मा नमजले पसिरहेका छौ। दियो बाल्नु हाम्रो संस्कार हो , दियो सुरु देखि अन्तयम सम्म बाल्नु पर्छ तर आजका युबा बर्ग हरु सुरुमा बालेर अन्तयम मा त्यो बलेको दियो मार्ने संस्कार को बिकास गर्दै छौ। जन्मदिनमा धेरै महङ्गो चकलेट होइन ,अब हामी सबै ले अक्सिजन बाड्नु पर्छ । मैले चै केही बर्ष अगाडि देखि बिरुवा रोपेर , वातावरण सफा गरेर , दुखी पीडित लाई सहयोग गरेर आफ्नो जन्म दिन मनाउदै आएको छु । ‘म मेरो जन्मदिनमा चकलेट हैन अक्सिजन बाँड्छु’ ।

भन्नु को अर्थ चकलेट बाडेर पलास्टिक ले वातावरण बिग्रार्नु भन्दा बिरुवा रोपेर वातावरण जोगाउदै अक्सिजन बाँड्छुू। एक दिनमा कयौ साथिभाइको जन्मदिन परेको हुन्छ र ती मध्ये केहिले केक काटेर,साथिभाइलाइ पार्टी दिएर, परिवार संग घुम्न गएर वा कसरी हुन्छ जन्म दिन लाइ विशेष र यादगार बनाउने प्रयासमा हुन्छ। यी सबै क्रियाकलाप गरिरहदा आफ्नो जन्मदिनको दिनमा आफुलाइ, आफ्नो र भोलिको पुष्तालाइ उपाहार स्वरुप आफु वसोवास गरेको वा कुनै खुल्ला ठाउमा मात्र एउटा बिरुवा लगाइदिने हो भने सोच्नुस एक दिनमा मात्र धेरै बाट स्थान मा १-१ वटा बिरुवा रोपेर पनि जम्मा कती बिरुवा रोपिन सकिने रहे छ ? हामी गर्न सक्दैनौ यो हाम्रो कमजोरी सोचाइ हो ,म यो कदापि मान्न सक्दिन सत्य त यो हो कि हामी गर्न नै चाहदैनौ, मन लाउदैनौ। यो हाम्रो आदत भैसक्यो सामाजिक सञ्जालबाट आदर्शका स्टाटस र कमेन्ट गरेर समाज र राष्ट्र परिवर्तनको अपेक्षा गर्ने तर जब पालो आउँछ परिवर्तनको त्यो हामी स्वयंलाई स्वीकार हुदैन।

परिवर्तन सानो सानो कुराबाट गर्न सकिन्छ, आफुबाट, आफ्नो परिवारबाट र समाजबाट हुँदै अनि राष्ट्र आफैमा परिवर्तन हुनेछ।आफ्नो जन्मदिनमा एक बिरुवा लगाएर आगामी २ बर्षसम्म त्यो विरुवाको रेखदेख गर्न सक्ने हो भने शायद केही बर्ष मै हाम्रो वरपरका नाङ्गा भिर पाखा र उजाड बस्ती देख्न पर्ने छैन। बिरुवा लगाएर बिरुवाबाट के फाइदा हुन्छ यो सबैलाई थाहा छ कक्षा १ देखि नै पढ्दै र सुन्दै आएका छौ। आज मैले लेखेको यो विचार पनि पढ्न सक्ने मान्छेले मात्र पढ्नु हुनेछ जसले पढेको छैन उसले पढ्न सक्दैन पढेकाले नपढेकालाइ पढेर सुनाइदिनु होला र मैले लेख्न नचाहेका तर तपाईंलाई थाहा भएका बताइदिनु होला।

बिरुवा लगाएर बिरुवाबाट के फाइदा हुन्छ त्यो तपाईंले थाहा पाइसक्नु भयो अब म तपाईंलाई बिरुवा लगाएपछि के फाइदा हुन्छ त्यो बताउन चाहन्छु ।जन्म दिनमा मात्र होइन हर अवसर ,दिवस ,चार्डपर्व , मनोरञ्जन गर्ने समय मा मात्र एउटा बिरुवा लगाएर त्यसलाई हुर्काउछु भनेर प्रण गर्नुस प्रत्येक दिन रेखदेख गर्नुहोस् ।  मलजल गर्नुस अनि हुर्काउनुस। एउटा बिरुवा हुर्काइसक्दा तपाईंले त्यो बिरुवा हुर्काउन कति मेहनतको लगानी गर्नु भयो महशुस गर्नुस अनि एकपटक सम्झिनुस आफ्नो अभिभावलाइ कति लगानी रहेछ उहाहरुको हजुर माथी, यसबाट तपाईंलाइ जिम्मेवारी बोध हुन सक्छ। त्यो बिरुवा हुर्काइरहदा दैनिक मलजल गरिरहदा तपाईंमा एक प्रकारको आदत हुन जान्छ जसले गर्दा तपाईंलाई आफ्नो प्रणमा सधैं सफलता मिल्ने छ।

हामी आज छौ भोलि छैनौ तर त्यो बिरुवा तपाईंले बचाउन चाहे सम्म रहनेछ र तपाईं पछी पनि तपाईंको प्रतीक बन्ने छ ।अरु धेरै फाइदाहरु छन एक बिरुवा पछाडी तर म यो भन्दा पछाडि के के फाइदाहरु छन लेख्न चाहिन किनकी तपाईंले यतिसम्म पढिसक्नु भयो भने अब आफै सोच्न थाल्नु भएको छ फाइदाहरु, यदि यतिसम्म पढ्नु भएको छैन भने धेरै लेखेर के फाइदा ?  बुझाउन त्यसलाई पर्छ जो बुझ्न चाहन्छ। मैले माथी नै उल्लेख गरिसकेको छु रातारात परिवर्तन गर्न सकिदैन, एक्लै दुनियाँ बदल्न हिडेर पनि हुने होइन तर स- सानो कुराबाट सबैले प्रयास गर्ने भने नहुने केहि छैन। हामी आज छौ भोलि छैनौ तर त्यो बिरुवा तपाईंले बचाउन चाहे सम्म रहनेछ र तपाईं पछी पनि तपाईंको प्रतीक बन्ने छ ।

म संग सहमत हुनुहुन्छ भने आफ्नो जन्मदिन कुरेर नबस्नुस तपाईंको सामाजिक सञ्जाल र जिवनमा भएका साथिहरु मध्ये आजबाट जसजसको जन्मदिन पर्छ एक बिरुवा रोपेर आफ्नो जन्मदिनमा आफैलाइ जन्मदिनको उपहार दिन प्रेरित गर्नुस यदि सहमत हुनुहुन्न भने ‘धन्यवाद’ व्यस्त समयका बाबजुद पनि पढिदिनु भएकोमा सबैमा विशेष धन्यवाद ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर