Aamsanchar

धरहरा मात्र ठडिई रहेको छैन, एक हजार सवारी आट्ने तिन तल्ले पार्किङ पनि बन्दै छ

Author Image
बिहिवार, पौष ९, २०७७

२०७२ साल वैशाख १२ गते आएको विनासकारी भुइँचालोले भग्नावेस बन्न पुगेको धरहरा अहिले धमाधम पुनर्निर्माणको काम भइरहेको छ।

गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ। नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ।

४२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ।

२०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो।

टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर