Aamsanchar

बसमा मृग ल्याउने पक्राउ

Author Image
आइतवार, पौष १२, २०७७

भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीभित्र लुकाइ ल्याएको मरेको मृग फेला पारी बस चालक थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर