Aamsanchar

पूर्व राजदम्पत्तीलाई झापामा भव्य स्वागत ,चन्द्रगढी विमानस्थलबाट दमकतर्फ प्रस्थान

Author Image
आइतवार, पौष १२, २०७७

झापा-पूर्व भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह झापा आएका छन् । बुद्ध एयर चढेर पूर्व राजदम्पत्ती आइतबार बेलुका पौने ६ बजे झापा आएका हुन् । भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजदम्पत्तीलाई विमानस्थलमै समर्थकहरूले भव्य स्वागत गरेका थिए ।

समर्थकहरूले पूर्व राजाको पक्षमा ’राजा आउँ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट कायम गर्ने भन्ने चर्को नाराबाजी लगाएका थिए ।

समर्थकहरूको स्वागत पश्चात् पूर्व राजदम्पत्ती दमकतर्फ प्रस्थान गरेका छन् । त्यहाँ उनको आफ्नै निजी चिया बगान अर्थात् हिमालयन टी स्टेटको भवनमा बस्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । झापा आएका पूर्व राजदम्पत्ती त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ । झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्ति पीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्व राजदम्पत्ती हरेक वर्ष जाडोको समयमा करिब एक महिना बस्ने गरी झापा आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर