Aamsanchar

काँकरभिट्टा क्याम्पसको तेस्रो क्याम्पस सभा सम्पन्न

Author Image
.
मङ्गलवार, पौष १४, २०७७

काँकरभिट्टा ।  १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले नेपालको स्वास्थ्य र शिक्षालाई विश्वशनिय र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपालको स्वस्थ्य सेवा कस्तो रहेछ भन्ने कुरा नोवल कोरोना भाइरस कोभिड १९ का बखत प्रष्ट भएको भन्दैं अब पनि स्वास्थ्य सेवालाई निःशुल्क, विश्वशनिय र गुणस्तरीय नवनाउने हो भने सिहंदरवारको अधिकार घर घरमा भन्ने नारा नारामा मात्रै सिमित हुने प्रदेश सभा सदस्य मैनालीले टिप्पण्ी गर्नुभयो ।

मंगलबार झापाको मेचीनगरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको २२ औंँ स्थापना दिवस तथा वार्षिकोत्सव र तेस्रो क्याम्पस सभाको उद्घाटन गदैं प्रदेश सभा सदस्य मैनालीले अहिले पनि हरेक नेपाली जनताको उपचारमा पहुँच नपुगेको तथा औषधि र अस्पताल देख्न नपाई मृत्युवरण गर्न बाँध्य रहेको दुखेसो व्यक्त गर्नुभयो । सरकारी तलव सहित अन्य सेवा सुविधा लिने अनि निजी अस्पताल र औषधि पसलका क्लिनिक चाहार्ने सरकारी चिकित्सकको यो परिपाटीलाई अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो ।

त्यसैगरी सरकार विद्यालयमा पढाउने कुनै पनि शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्न नपाउने गरीको कानुनके आवश्यकता उहाँले औल्याउनुभयो । सरकारी अस्पताल र विद्यालय अनि निजी अस्पताल र विद्यालयबीचको खाडल पुर्न पनि हरेक सरकारी अस्पातालको सेवा सुविधा अनि विद्यालयको पढाई निक्कै गुणस्तरीय र विश्वशनिय रहनुपर्नेमा उहाँले तर्क राख्नुभयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत विचार राख्नुभयो ।

१ नम्बर प्रदेश सभा सदस्य राधा थापाले काँकरभिट्टा बहुमखी क्याम्पसको उन्नति प्रगति र विकासका लागि आफ्नोक्षेत्रबाट गर्नुपर्ने कुनै पनि साथ सहयोगमा कमि आउन नदिने विश्वास दिलाउनुभयो । उहाँले क्याम्पसको हरेक पूर्वाधारहरु पुरा गर्न र क्याम्पसमा देखिएका समस्या समयमै हल गर्न आफुले प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो ।

मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको अधिनमा रहेका आफ्नाक्षेत्रभित्रका हरेक शैक्षिक र स्वास्थ्य संस्थालाई विश्वसनिय तथा भरपर्दाेरुपमा सेवा प्रवाह गर्ने दावी गर्नुभयो । नगरभित्रका निजी विद्यालाय तथा क्याम्पसको शैक्षिक सुधार गर्न जस्तोसुकै सहयोग गर्ने उहाँले बताउनुभयो ।

क्याम्पस सभा सदस्य धनप्रसाद गुरुङ, दताहरुकातर्फबाट मोहनप्रकाश उप्रेती, सञ्चालक सदस्यहरुकातर्फबाट पूर्व सहसचिव रुपनारायण भट्टराई, स्ववियु सभापति सुरज सुवेदीलगायतले कार्यक्रममा आ आफ्नो विचार राख्नुभएको थियो । उहाँहरुले क्याम्पस सञ्चालन भएको अर्थात् क्याम्पस भवन निर्माण भएको क्षेत्रमा घेराबारा सहितको करीव १८ कठ्ठा जमिन क्याम्पसको भोगाधिकारमा रहेको भन्दैं उक्त जग्गा लगायत मेचीनगर नगरपालिका—६ काँकरभिट्टामा विगतमा नेपाल सरकारको नियन्त्रणमा रहेको करीव ६२ विगाह जमिनमध्ये क्याम्पसको भोगचलनमा रहेको जग्गा समेत कतिपय अन्य जमिन समेत हाल नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित ग्रामीण आवास कम्पनीको स्वामित्वमा रहेको छ । यद्यपि उक्त जमिनहरुको स्वामित्व हस्तान्तरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत, सुशील आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितकातर्फबाट अध्यक्ष कमल थापा र सदस्य ठाकुरप्रसाद शिवाकोटीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । “गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा प्राप्तिका लागि विद्यार्थीको पहिलो रोजाइ” भन्ने मुख्यःनारासहितको क्याम्पस स्थापनाको पृष्ठभूमिका बारेमा जानकारी दिने काँकरभिट्टा वहुमुखी क्याम्पसको स्थापना साविक मेचीनगर नगरपालिकाको अभिभावकत्व एवम् स्थानीय शिक्षाप्रेमी, सामाजिक अगुवा, राजनीतिक दल तथा नागरिक समाजको अगुवाईमा वि.सं. २०५५ सालमा भएको प्रतिवेदन प्रस्तुत गरियो ।

तत्कालीन अवस्थामा यस क्षेत्रबाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गर्नका लागि महङ्गो शुल्क तिरेर अध्ययन गर्न अन्यत्र जानु पर्ने र त्यसका लागि पनि घरबाट टाढा टाढा गएर कोठा भाडामा लिएर बस्नु पर्ने जस्ता समस्याले स्थानीय अभिभावक एवम् विद्यार्थीहरु समस्यामा रहेको र एक हदसम्म उक्त समस्याको सम्वोधन गर्ने प्रयासस्वरुप काँकरभिट्टा माध्यमिक विद्यालयसँगको सहकार्यमा विहानी कक्षामा मा.वि.कै भवन प्रयोग गर्ने गरी काँकरभिट्टा क्याम्पस (ं२) को नामबाट वि.सं.२०५५ साल श्रावण १७ गतेबाट कक्षा–११ को पढाइ शुरुसँगै यस क्याम्पसको औपचारिक पठन पाठन शुरु भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी स्थानीय विद्यार्थी एवम् अभिभावकको माग र स्थानीय आवश्यकता अनुसार वि.सं. २०६४ देखि शिक्षा संकाय स्नातक तहको स्वीकृति समेत त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गरी हाल स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकायको पठन पाठन चालू रहेको प्रतिवेदनमा जनाइएको छ ।

क्याम्पस त्रिभुवन विश्वविद्यालयसँगको सम्वन्धन प्राप्त सामुदायिक क्याम्पसको रुपमा रहेको छ । यस क्याम्पस अन्तर्गत हाल त्रि.वि.वि.को स्वीकृतिमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह वी.वी.एस शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह, वी.एड पढाई हुने गरेको छ । क्याम्पसको प्रकृति, प्रभावित क्षेत्र र लक्षित समूह, विद्यार्थी सहभागिता ,जनशक्ति व्यवस्थापन प्रशासनिक जनशक्ति, पठनपाठन कार्यतालिका, गुणस्तर सुनिश्चितता प्रत्यायन कार्यक्रममा सहभागिता, पठनपाठनमा कोभिड–१९ को प्रभाव, भौतिक व्यवस्थापन, सामाजिक अवस्था, जग्गा जमिन, भवन तथा भौतिक संरचनालगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रतियोगितात्मक कवि गोष्ठीमा प्रथम हुने दुर्गा भण्डारी, दोस्रो हुने मीना गिरी, तेस्रो हुने सुजता कार्की, र सान्त्वना स्मृति शर्मालाई पुरस्कृत गरियो । यसैगरी बुद्घिचाल प्रतियोगिताका प्रथम र दोस्रो हुने क्रमस प्रभास सुवेदी र समिर वास्कोटालाई पुरस्कार प्रदान गरिएको थियो । यसैरगी जेहेन्दार शैक्षिक पुरस्कार चादनी गुरुङ, नर्वदा भण्डारी र सुष्मिता खड्कालाई प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि विशेष अतिथिलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

समाजिक परिक्षण समितिका संयोजक खड्गप्रसाद वरालले प्रस्तुत गरेको समाजिक परिक्षण समितिको प्रतिवेदन, अध्यापक विष्णु गौतमले प्रस्तुत गरेको नीति तथा कार्यविधिहरु, लेखा परीक्षण प्रतिवेदन बजेत तथा कार्यविधि प्रतिवेदनहरुलाई क्याम्पस सभाले पारित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर