Aamsanchar

प्रदेश १ मा १४४ डिस्चार्ज, ३७ संक्रमित थपिए

Author Image
शुक्रवार, पौष १७, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २–२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा २, भोक्राहानरसिंहमा १, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा आज ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ९११ ज्नाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर