Aamsanchar

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु

Author Image
मङ्गलवार, पौष २१, २०७७

रसुवा – रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डको केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडकको तल नाली निर्माण गरिरहेका तामाङको ढुङ्गाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ । एक्स्काभेटरले नाली नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो ।

प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर