Aamsanchar

सुर्खेत स्थित भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु २ जना गम्भीर घाइते

Author Image
बिहिवार, पौष २३, २०७७

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर