Aamsanchar

नक्कली विवाह गर्ने देखि अमेरिका–जापान पठाइदिने बहानामा डेढ करोड ठगी गर्ने २४ वर्षीया युवती पक्राउ

Author Image
शुक्रवार, पौष २४, २०७७

दैलेख – दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।

पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९)रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभावमा पारि डेढ करोड ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी, नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बहानामा कोरोना रोकथामका लागि राहत बाँडेको नाममा दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिइ बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठाउँठाउँमा युवाहरूसँग नक्कली विवाह गर्ने, अमेरिका–जापान पठाइदिने बहानामा ती युवतीले ठग्ने गरेको बताइएको छ । सुनसरी, झापालगायत जिल्लामा उनीविरुद्ध उजुरी परे पनि दैलेख प्रहरीको पहलमा काठमाण्डौबाट पक्राउ गरी उनलाई आजै मात्र हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख ल्याइएको हो ।

सुरुमा एक युवालाई फेसबुकमा साथी बनाएकी आरोपित विद्याले उनकै घरमा बस्दै आएको र कोरोना र पहिरो पीडित परिवारहरूलाई राहत सहयोग वितरण गरेर ती युवाको पारिवारिक राजनीतिक पहुँचको सहारामा ठगी गरेको खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर