Aamsanchar

स्वाश्थ्यवर्धक भोगटेका यस्ता परिकार

Author Image
आइतवार, पौष २६, २०७७

भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । तिहारमा पूजा आजा गर्दा मात्र नेपालीहरुले एक पटक भोगटेलाई सम्झन्छन् । अन्य दिन यसको ब्यापार शून्य जस्तै हुन्छ । किन यस्तो भयो यसको सोध र अनुसन्धान पनि कसैले गर्न चाहेनन । स्वास्थ्यका लागि अमृत सरह एक बहुमुल्य फललाई किन बुझ्न सकिएन यो एक सोचनिय कुरा छ ।

भोगटेमा अन्य फलभन्दा धेरै गुणा पोषण तत्व पाइन्छ तर पनि हामीले यसको गुण चिन्न नसक्दा बोटैमा कोहिएर झर्छ । यसको मुल्य तिहार बाहेक कुनै पनि समयमा राम्रो हुन्न । शहर बजारको तिहारमा एक पटक झुल्लुक्क देखिने यो फल गाउँ घरमा भने जहाँ तही पाईन्छ तर पनि यसको महत्व न गाउका मान्छेलाई थाहा छ न नै शहरका नै । भोगटेको बैज्ञानीक नाम सिट्रस मक्सिमा हो र यसलाई सिट्रस बर्गमा राखिएको छ । भिटामिन सी भरपूर पाइने भोगटेमा प्राकृतिक तत्व लिमोनाइड पनि पाइन्छ । जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ । त्यस्तै, रातो भोगटेले क्यान्सरसँग लड्ने ‘लाइको पीन’ नामक शक्तिशाली तत्व पनि पाइन्छ ।

चार सयदेखि १४ सय मिटरसम्मको उचाइमा पाइने फलको केस्रा रातो हुन्छ । यसको रसले मानिसको शरीरमा रगतलाई बढाउँछ । फल खाएमा खाना पचाउन सहयोग गर्नुका साथै शक्ति दिन्छ, पित्त नास गर्छ, रक्तश्राव रोक्न मद्दत गर्छ । साथै, पिसाब नआउने समस्या भएमा खुलाउँछ, पेट सफा गर्छ ।

धेरै थरिका भिटामिन,मिनेरल्स र अन्टीएक्सिडेन्ट पाइने भोगटे मानब स्वास्थ्यका लागि निकै उपयोगी फलको रुपमा लिन सकिन्छ ।यो फलको महत्व नबुझेर पनि होला नेपालमा यसको खासै मुल्य छैन चाहे शहरमा होस या गाउ गाउ मै किन नहोस ।गाउमा त भोगटे तेसै झरेर खेर गइरहेको देख्न सकिन्छ । यो फल साँधेर खानुबाहेक कमैलाई थाहा होला अन्य परीकार ।

भोगटेका फाइदाहरु
भोगटे पोषण तत्वले भरपुर फल हो । ६१० ग्रामको एउटा भोगटेमा २३१ क्यालोरी प्राप्त हुन्छ । यो फलमा कार्बोहाडेड, प्रोटिन,फाइबर, पोटासियम,कपर, भिटामिन सि, रिबोफ्लाबिन, थियामिन जस्ता तत्वहरु प्रसस्त पाईन्छ । एन्टीएक्सिडेन्टका लागि धनी फल हुनाले यसले हाम्रो शरीरका ड्यामेज सेलहरुलाई रिकभर गर्न ठूलो भूमिका खेलेको हुन्छ । मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल हो भोगटे ।

क्यान्सर सेलका बिरुद्द लडाईं गर्ने उच्च कोटिको फल । कुनै पनि खानामा र कुनै पनि समयमा सहज प्रयोग गर्न मिल्ने फल । रोगप्रतिरोधात्मक क्षेमता बृदि गर्न सहयोगी फल । पाचन प्रणालीका लागि उपयोगी फल । बोन हेल्थका लागि उत्तम फल । बुढो पना देखिनबाट बचाउछ । सन्क्रमण हुनबाट जोगाउने बिशेष भूमिका खेल्ने फलका रूपमा पनि भोगटेलाइ लिइन्छ ।

साथै यसले डाइबिटिज हुनबाट धेरै हद सम्म जोगाउछ । स्किन केएरका लागि निकै उपयोगी फल । डन्डीफोर आउने समस्याका लागि पनि उपयोगी फल । स्वास्थ्य कपालका लागि पनि भोगटे निकै राम्रो फल हो ।

कसरी खाने भोगटे फल, के के बन्छ ?

भोगटे भन्ने बित्तिकै साँधेर खाने फल हो भन्ने हामी सबैको सहज बुझाइ छ । तर यो फलका धेरै परिकार बनाएर खान सकिन्छ । भोगटेको सलाद निकै राम्रो,स्वास्थ्य बर्दक र ताजा मानिन्छ । युरोपियनहरुले यसलाई निकै महत्वका साथ सलाद,सस र पेस्ट्री आइटममा प्रयोग गर्न रुचाउछ ।

यसको जुसबाट धेरै मक्टेल तथा कक्टेलहरु पनि बनाउन सकिन्छ । चीनको दक्षीणी भुभाग साइडमा भोगटेको जुस बिभिन्न सुप र देजर्ट आइटमहरुमा सुगन्धका लागि प्रयोग गर्छन । भोगटेको चाट बनाएर खाने चलन भारतमा अझै प्रसिद्द छ । नेपालमा भने भोगटेमा दही हालेर साँधेर खाने चलन छ ।

भोगटेबाट बनेको पोमेलो बटर केक पनि निकै प्रचलित स्विट केक हो । पोमेलो कुकिज पनि निकै स्वास्थ्य बर्दक र सुगन्धित मानिन्छ । जपानिजहरुले प्राउनको आइटम र सुसीहरुमा पनि भोगटे निकै प्रयोग गरेको पाईन्छ । ब्यबसायिक किचनमा भोगटेलाई एक अभिन्न अङगको रुपमा राखिएको हुन्छ । खाना सजावटका लागि पनि भोगटेका केस्रा निकै उपयोगी मानिन्छ । भोगटेको वाइन पनि बिस्वमा निकै चलेको मानिन्छ र स्वास्थ्यवर्धक पनि ।

(लेखक आर.बी बुढाथोकी सोल्टी क्राउन प्लाजा होटेलका सुसेफ हुनुहुन्छ)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 568

प्रतिक्रिया (०)

सम्बन्धित खबर