Aamsanchar

प्रदेश १ का मुख्यमन्त्री सहित आठ जनालाई दाहाल–नेपाल समूहद्वारा निलम्बन

Author Image
सोमवार, पौष २७, २०७७

मोरङ – नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ । प्रदेश सभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सो समूहले ८ जनालाई निलम्बन गरेको हो ।

सो समूहले मुख्यमन्त्री राई सहित आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र बिमल कार्कीलाई निलम्बन गरेको छ ।

दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गर्नुभएको निलम्बन पत्रमा दलको बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दत्र्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर