Aamsanchar

विर्तामोडमा भाक्का दिवस, सयौं संस्था, हजारौं व्यक्तिको उपस्थिती (फोटो फिचर)

Author Image
बुधवार, पौष २९, २०७७

विर्तामोड । झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा आयोजना भई रहेको छ ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो । विर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाउने कार्य भई रहेको छ ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भाक्काको प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समिति लगायतका दर्जनौं संघसंस्थाको ऐकिवद्धता र हजारौंको सहभागितामा आज ‘राष्ट्रिय भाक्का दिवस’ मनाई रहिएको छ ।
विभिन्न जातिय भेषभूषा लोक साँस्कृतिक बाजाहरु र पहिरनको पर्दशनी गरिएको छ । कार्यक्रममा धेरै संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुलाई आथित्यता गराईएको थियो ।

जिल्लाका उच्च पदाधिकारीहरु झापाका प्राय सबै पालिकाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्तिथी रहेको छ ।

निक्कै व्यस्थित र भव्य रुपमा आयोजना गरिएको भाक्का दिवसमा सांसदहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी वल जिल्लाका प्रमुख, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, गौरादह नगरपालिका, आदिवासी जनजाती महासंघ लगायत विभिन्न निकाय र स्थानिय संघ संस्थाका प्रमुख लगायत हजारौं सर्वसाधारणको हुईचो रहेको छ ।

फोटो फिचर पनि हेर्नुहोस्

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर