Aamsanchar

विर्तामोड–भद्रपुर रोड कालोपत्रे हुन सुरु

Author Image
बुधवार, पौष २९, २०७७

विर्तामोड । विर्तामोड–भद्रपुर रोड कालोपत्रे (पिच) हुन सुरु भएको छ । बुधबारबाट विर्ताबजार क्षेत्रबाट पिक गर्ने काम सुरु भएको हो ।

साँघुरो बाटो, खाल्डाखुल्टी हिउदमा धुलो र बर्षायाममा हिलोले आजित बन्ने गरेका स्थानिय र सवारी चालकहरुका लागि अब विर्तामोड–भद्रपुर सडक प्रदुषण मुक्त, सुविधा युक्त बन्ने भएको छ । एकै पटक चारवटा ठुला गाडी आवत–जावत गर्न सक्ने (४ लेन) को आरामदायी अन्तर्राष्ट्रिय स्तरको आर्कषक सडक बन्न थालेकोमा स्थानिय र चालकहरु खुशी भएका छन् ।

सडक डिभिजन कार्यलय झापा मार्फत विर्तामोडको कञ्चन निर्माण सेवाले सडक निर्माणको काम गरिरहेको छ । ‘सरकारले समयमा भुक्तानी नदिएर निर्माणकार्य ढिला हुन गएको थियो’ ‘त्यसमा अझ समय थपमा पनि सरकारले ढिला गरिदियो’ तोकिएको सम्झौता समय अवधीमा काम सम्मन हुन नसकेको कञ्चन निर्माण सेवाका संचालक निर्माण व्यवसायी केदार गिरीले बताए ।

फराकिलो सडकमा कालोपत्रे गर्नेकाम आजबाट सुरु गरिएको छ । अब दैनिक नियमित क्रमस् कालोपत्रे गर्ने काम अघि बढने छ, आगामी फागुन १५ सम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष लिइएको निर्माण व्यवसायी गिरीले बताएका छन् ।

४ हजार १ सय ३० मिटर लम्बाई रहेको सडक विर्तामोड मुक्तिचोक देखि विर्ताबजार, शैनिक मोड, आँखा अस्पताल हुदै धौले पुल सम्म पुग्ने छ । आधुनिक उपकरण प्रयोग गरेर बनाउन थालिएको कालोपत्रे सडक एकतर्फी साढेसात मिटर चौडाई, ५० एमएमको मोटाई (थिगनेस) को रहने छ । निर्माण गरिने सडको एक तर्फी भाग वेस तयार भई सकेको, ९८ प्रतिशत डिभाईडर बनाउने काम भई सकेको र अब ४० मिटर मात्र नाला बनाउ बाँकी रहेको गिरीले बताए ।

सडक निर्माणको लागि नेपाल सरकार सडक डिभिजन कार्यालय झापा मार्फत ३१ करोडमा ढेक्का लागेको थियो ।

सडक निर्माणमा विर्तामोड नगरपालिका, राजनीति दल, बुद्धिजिवी, समाजसेवी, प्रहरी प्रसानशनको राम्रो सहयोग प्राप्त भएको र यस्तै सहयोग प्राप्त रहिरहे एक महिना भित्रमा सडक बनाउने काम सम्पन्न गर्ने व्यवसायी गिरीले प्रतिवद्धता गरेका छन् ।

भिडियो समाचार पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर