Aamsanchar

सानिमाका परिवारलाई नीलडेभिड्स सलू्नमा छुट

Author Image
बिहिवार, माघ १, २०७७

काठमाडौं– अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालद्वारा सञ्चालित नीलडेभिड्स सलूनसंग सानिमा बैंकले सहकार्य गरेको छ ।

बुधवार सलून तथा बैंकबीच भएको एउटा सम्झौता अनुसार सानिमा बैंकको परिवार सदस्य बनेर डेबिट तथा क्रेडिट कार्ड होल्डर तथा सजिलो ईबैंकिङका प्रयोगकर्ताले नीलडेभिड सलूनमा २० प्रतिशत छुट पाउने छन् ।

सानिमा बैंकले जनाए अनुसार नीलडेभिड्स सलून एण्ड एकमेडीले आफ्ना ग्राहकहरुलाई हेयर कटमा उक्त छुट दिनेछ ।

उक्त छुट काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तथा तेस्रो तल्ला तथा सुन्धारास्थित काठमाडौं मलको पहिलो तथा चौथो तल्लामा सञ्चालित नीलडेभिड् सलूनमा उपलब्ध हुनेछ ।

‘यो सम्झौताले नीलडेभिड्स सलूनलाई थप हौसला मिलेको छ, हेयर स्टाइलिस कटवालले भनेका छन्–‘नीलडेभिड्स सलूनलाई थप हौसला प्रदान गर्दै सानिमा बैंकले नीलडेभिडस्लाई छनौट गरि सम्झौता गरेको छ । हाम्रो ब्रान्ड नीलडेभिड्स्ले सानिमाका सम्पूर्ण ग्राहक र सानिमा परिवारलाई विशेष छुट दिनेछ ।’

यसैबीच आज माघे संक्रान्तिको अवसर पारेर नीलडेभिडका छोरा डेनियल कटवालको डिजाइनमा काठमाडौं मलको पहिलो तल्लामा नेपाल तथा भारतका लागि नयाँ फ्रेन्चाइजी मोडल सलूनको उद्घाटन हुँदैछ ।

आज दिउँसो उक्त सलूनको उद्घाटन कार्यक्रम राखिएको नीलडेविडले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर