Aamsanchar

संगीतमा एम ए गरेका झापाका प्रमोद र लावनीले ल्याए आज फेरी

Author Image
मङ्गलवार, माघ ६, २०७७

विर्तामोड । नेपाली गित संगीतले निक्कै फड्को मारी सकेको छ । संगीतकै विषयमा अध्ययन गर्ने विश्व विद्यालयहरु खुल्नु पनि विश्व संगीत क्षेत्र परिमार्जित र अध्ययनशिल बन्न थालेको हो ।

यो संगै प्रविधिको सहज उपलबधताले संगीत क्षेत्रमा नकारातम संदेशहरु पनि फैलिने क्रम छ । संगीतको गहिराईमा नपुगी देखासेखीको भरमा पनि धेरै गायक गायिकाहरुले सामाजिक संजालमा आफ्ना गतिविधीहरु प्रस्तुत गरिरहेका छन् । केही एक पछि अर्को गर्दै सिक्दै बुझदै राम्रो गर्ने कोशिस गरिरहेका पनि छन् केही भने सस्तो लोकप्रियतामा रमाएर संगीतको मर्म प्रति खेलबाड गर्ने काम गरेकाले बेला बेला विवादमा पनि आउने गरेका छन् ।

नेपालमा पछिल्ले समयमा धेरै गितहरु रेकर्ड भए, ति गितहरुको भिडियो पनि तयार भए कयौ गितहरु दुईचारदिन होहल्ला गर्नकालागि योग्य अनि भाईरल पनि बने यसै परिवेशमा संगीतलाई न्याय दिने खालको गितहरु कमै रचना र संगित भरिएको पाईन्छ । त्यस्तै संगीतलाई पूर्ण न्याय दिदै उत्कृष्ट अभिनय सहितको एउटा भिडियो भर्खरै युवटुवमा सार्वजनिक भएको छ त्यो भिडियो हो आज फेरी ।

रविन्द्र भारती विश्व विद्यालयबाट शास्त्रीय संगीतमा एम ए सम्मको अध्ययन गरेर नेपाल फर्किएका झापा कनकाई नगरपालिका सुरुंगाका प्रमोद प्रसाई र लावनी प्रसाईंको स्वर रहेको आज फेरी दर्शकले रुचाएका छन् ।

विदेहमणी उपाध्यको रचनामा निर्मित गितमा लावनी प्रसाईंकैै संगित रहेको छ ।

हाल काठमाडौंलाई कर्म थलो बनाएर संगितको क्षेत्रमा क्रियाशिल रहदै आएका प्रमोद र लावनी प्रसाईं श्रीमान् श्रीमती हुन ।
भिडियो हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर