Aamsanchar

पुड्के जिराफ फेला परेपछी वैज्ञानिकहरु आश्चर्यमा

Author Image
बिहिवार, माघ ८, २०७७

प्रायः वयस्क जिराफको सरीर १५ देखि २० फिटसम्म अग्लो हुन्छ । तर सन् २०१८ मा वैज्ञानिकहरुले साढे ८ फुटको जिराफ फेला पारे नामिबियामा । त्यसको ३ वर्षपछि हालै युगान्डाको एक वन्यजन्तु निकुञ्जमा ९ फुट ३ इन्चको अर्को पुड्के जिराफ फेला परेको छ ।

वास्तवमा प्रकृतिमा बाँच्नका लागि अग्लो हुनु जिराफको लागि अनिवार्य जस्तै छ । त्यो प्राकृतिक छनौट र बाँच्नका लागि संघर्ष भन्ने नियममै आधारित छ । जिराफ जति अग्लो भयो उसले उति नै अग्ला रुखका पात खान सक्दछ । तर प्रकृतिको यो नियम विपरित वैज्ञानिकहरुले अफ्रिकी महादेशमा दुईवटा पुड्के जिराफ फेला पारिसकेका छन् । जिराफ कन्जरभेसन फाउन्डेसनका सह सस्थापक जुलियन फेन्नेसीका अनुसार पुड्के जिराफ फेला पर्दा उनीहरु निकै आश्चर्य चकित बनेका छन् ।

सन् २०१८ मा नामिबिया र हालै युगान्डामा फेला परेका पुड्के जिराफका बारेमा ब्रिटिस मेडिकल जर्नलमा शोधपत्र प्रकाशित भएको छ । ती पुड्के जिराफको घाँटी सामान्य अवस्थामै जस्तो लामो भएपनि खुट्टाहरु भने छोटा छन् । जिराफमा यस्तो पुड्कोपनालाई स्केलेटल डिस्प्लाजिया भनिन्छ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर